सांसद नवीना लामा अस्पताल भर्ना - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

सांसद नवीना लामा अस्पताल भर्ना



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा सांसद नवीना लामालाई अस्पताल भर्ना गरिएको छ। छाती दुखाइको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

सांसद लामाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सक डा जेपी जैसवालले बताए। उनलाई एक दिन अस्पतालमा नै आराम गर्न सुझाव दिइएको छ। लामालाई मंगलबार डिस्चार्ज गरिने अस्पतालले जानकारी दिएको छ।