पूर्वराजाले भने : जनताले चाहन्छन भने राजसंस्था फर्किन्छ ! - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

पूर्वराजाले भने : जनताले चाहन्छन भने राजसंस्था फर्किन्छ !



काठमाडौं । तराईका जिल्लाको भ्रमणका रहेका पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार राति करिब १० बजे झापा पुगेका छन् । उनी झापामा चिया बगानमा बसेका छन् । आजको भने उनको औपचारिक कार्यक्रम नरहेको जनाइएको छ ।

आइतबार सप्तरीको भ्रमणमा गएका उनलाई पत्रकारले सोधेका थिए,‘‘यो भ्रमण राजसंस्था ब्युँताउने तयारीका लागि हो ?’’

उनको जवाफ थियो, ‘‘यो कुरा जनतासँग नै सोध्नुस् ।’’ जनताले चाहन्छन भने राजसंस्था फर्किन्छ ।

उनी सप्तरीमा छिन्नमस्ता मन्दिरको दर्शन गर्न पनि गएका थिए । सो अवसरमा पूर्व राजालाई समर्थकहरुले पूष्प गुच्छाले स्वागत गरेका थिए । सयौंको संख्यामा रहेका स्थानीय बासिन्दलाई उनले गाडीबाट नै हात हल्लाएर अभिवादन फर्काएका थिए ।