काठमाडौंमा फेरी भूकम्पको धक्का
सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो ।
यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।