सोमबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

सोमबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध



काठमाण्डौ, २२ मंसिर

संविधान संशोधन विधेयक फिर्ता गर्नु पर्ने माग गर्दै विपक्षी दलहरुले सोमबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् ।

बैठक सुरु हुनासाथ चित्रबहादुर केसीले विशेष समय लिएर बोल्दै ग्रान्डडिजाइन अन्तरगत संशोधन प्रस्ताव आएको भन्दै उनले कुनै हालतमा स्वीकार्य नहुने बताए । अहिले ५ नम्बर प्रदेशलाई टुक्र्याउने र त्यसपछि पूर्व र पश्चिम माग्ने योजना रहेको भन्दै उनले सिंगो मधेसलाई पहाडबाट अलग गरेर सिक्किम नबाएसम्म यो जारी रहने दाबी गरे । उनले भने, ख्यालठ्ट्टा होइन । ठूलो षड्यन्त्र भइरहेको छ ।’

केसीले बोले लगतै विपक्षी सांसदहरु आ-आफ्नो स्थानमा उभिए । सभामुख ओनसरी घर्ती मगरले पटक-पटक बस्न आग्रह गर्दा पनि विपक्षी सांसदहरुले अस्वीकार गरे ।

पटक-पटक बसौं माननीय सदस्यहरु भन्दै मौन बसिन् । र, विपक्षीले अवरोध कायम राखेपछि सभामुख घर्तीले संसद बैठक २४ गतेसम्मका लागि स्थगित गरिन् ।

यसअघिका बैठकहरुमा विपक्षी सांसदहरुले विरोध गार्नसाथ संसद स्थगित भएको घोषणा गरेपनि सोमबारको बैठकमा भने सभामुखले सोमबार विपक्षीलाई केही समय उभ्याइन् ।