हतियार नबुझाए विप्लव सकिन्छन : प्रम ओली - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

हतियार नबुझाए विप्लव सकिन्छन : प्रम ओली



काठमाडौँ— अवैध हतियार बुझाउन दुई दिन अघि ३५ दिने सूचना जारी गरेको सरकारले निर्धारित समयमा ती हतियार नबुझाएमा आफै हस्तक्षप गर्ने चेतावनी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ पुगेर आइतबार सरकारद्वारा पाँच दिन अघि प्रतिबन्धित ‘विप्लप’ समूहलाई लक्षित गर्दै तोकिएको समयमा हतियार नबुझाए सरकारले त्यसमा कडा कदम समेत चाल्ने चेतावनी दिए।

‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेकै दिन अर्थात फागुन २८ गते मंगलबारको मन्त्रीपरिषद् बैठकले अवैधरुपमा राखिएका हातहतियार ३५ दिनभित्र नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको व्यारेकमा बुझाउन सूचना जारी गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले देशको शान्ति र सुरक्षा व्यवस्थालाई चुनौती दिने जोकसैलाई पनि सरकारले नियन्त्रण गर्ने बताएका छन्।

‘नेकपा विप्लव भन्ने एउटा समूहले जो सँग पनि पैसा लियो, मागे जति पैसा नदिँदा मार्ने काम गर्‍यो। लुट्ने काम गर्‍यो। त्यस्तो अराजक र अमानविय गतिविधिमा रोक लगाउँदा पनि बुद्धिजीवी भन्नेहरुबाट विरोध?,’ प्रधानमन्त्री ओलीको प्रश्न थियो।

प्रधानमन्त्री ओलीले गैरसरकारी संस्था या कुनै पार्टीका रुपमा दर्ता नभएकाले ‘विप्लव समूह’ अनाधिकृत समूह भएको बताए।