हेटौडा-नारायणगढ सडकमा तनाव : स्थानीयद्वारा अबरुद्ध - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

हेटौडा-नारायणगढ सडकमा तनाव : स्थानीयद्वारा अबरुद्ध



मकवानपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौडा नारायणगढ सडक मर्मत नगरेको भन्दै स्थानियहरुले बाटो अवरुद्ध गरेको विषयमा भएको विवादपछिको भीड नियन्त्रण गर्न प्रहरीले लाठिचार्ज गरेको छ । सडकमा खाडल हुँदा समेत मर्मत नगरेको भन्दै हेटौँडा ३ र १९ को सिममा पर्ने तिनताप्केमा स्थानीयहरुले पुर्व पश्चिम राजमार्ग अबरुद्ध गरेपछि सडक खुलाउनको लागि प्रहरीले लाठीचार्ज ग¥यो त्यपछि अवस्था झनै तनावपूर्ण बनेको सवारी चालक राजु बस्नेतले बताए ।

चालकले सडकको मर्मत गर्नू पर्ने माग राख्दै राजमार्ग अवरुद्ध गरेका हून् । सयांै चालकहरू जम्मा भएर आज विहानैबाट सडक अवरुद्ध गरेका थिए । ‘हामिसंग राज्यले अथाह सडक कर संकलन गर्यो तर सडक मर्मत भने गरेन यसैले स्लस्फूर्त रूपमा राज्यलाई दवाब दिन राजमार्ग अवरुद्ध गरेका हौ’ चालक बस्नेतले भने । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले नारायणगढ हेटौंडा सडक खण्डको स्तर उन्नती गरिने आश्वास पटक पटक गरे पनी सडक स्तरोउन्नती नभएको चालकहरूको भनाई रहेको थियो । सडकका विभिन्न स्थानमा सवारीनै पूरिने सम्मका खाल्डा खूल्डी हूदा सवारी आवत जावतमा समस्या रहेको छ भने सबारी दूर्घटना समेत वृद्धी हुने गरेको छ ।

यस अघि १५ दिनभिन सडक मर्मत गर्ने सहमति भएको भएपनि उत्त सहमति भएको एक महिना वित्दा समेत सडक मर्मत नभएपछि आफुहरुले वाध्य भएर सडक बन्द गर्नु परको स्थानीयहरुको भनाई रहेको छ । सडक मर्मत नहुँदा उक्त स्थानमा दुर्घटनाको जोखिम बढेको र स्थानीहरु धुलोमा बस्न बाध्य हुनुपरेको समेत उनीहरुले बताएका छन् । स्थानीय र सवारी चालकले बिहान ७ बजेबाट गरेको सडक अबरुद्ध अहिले भर्खरै (१०:२०) बजे खुलेको छ । बन्दकर्ता, प्रहरी ,सकड निर्माण ठेकदार लगायको सरोकार वालाहरुको अहिले बैठक बस्दै ।