करेन्ट लागेर एक युवक घाइते

कैलाली ।
कैलालीको धनगढीमा करेन्ट लागेर एकजना युवक घाइते भएका छन । धनगढी उपमहानगरपालिका १ एलएन चोक स्थित बिद्युत पोलमा चडेर मर्मतकार्य गर्ने क्रममा बिद्युत कर्मचारी ३० बर्षिय सनि चौधरीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइते युवक बिद्युत पोलमा तार फेरिरहेका थिए र सोही क्रममा तारमा बिद्युत प्रवाह भएपछि उनी घाइते भएका थिए । चौधरीको करेन्ट लागेर हात र खुट्टा जलेको प्रहरीले जनाएको छ । चौधरीलाई घाइते भएलगत्तै सेती अञ्चल अस्पताल लगिएको थियो र अहिले उनको अस्पतालमा उपचार भैरहेको छ । उनि कैलाली कै गौरिगंगा नगरपालिका १ चौमालाका बासिन्दा हुन ।

