नेविसंघ तदर्थ समिति : मैदानमा दर्जन दावी, योग्य कम ! - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

नेविसंघ तदर्थ समिति : मैदानमा दर्जन दावी, योग्य कम !



काठमाडौं – पटक-पटक म्याद थप गर्दा पनि निर्वाचन गराउन नसकेको भन्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुपरयो । उनले पदबाट राजीनामा दिएको लामो समय भइसक्दा समेत पार्टीले निर्वाचनका लागि तदर्थ समिति गठन गर्न सकेको छैन ।

तदर्थ समिति गठन गरेर १२ औं महाधिवेशन सम्पन्न गर्नुको सांटो कांग्रेस यतिवेला कसलाई नेतृत्व दिने भन्ने आन्तरिक विवादमा फसेको छ । नेपाल विद्यार्थी संघको परिमार्जित विधानअनुसार ३२ वर्षे उमेर प्रावधान नेपाली कांग्रेसको कार्य समिति बैठकले पारित गरिसकेको छ । अहिले कांग्रेसमा तदर्थ समिति निर्माणका लागि उक्त नियम लागु गर्नेकी नगर्ने भन्ने विवादले झन जटिल रुप लिएको छ ।

कोही नेताहरु ३२ वर्षे उमेर हद लागु हुनुपर्ने पक्षमा छन् भने कोही यो निर्वाचन सम्पन्न गराउनका लागि मात्र भएकाले उमेरहद लागु गर्न नहुने पक्षमा छन् ।

अहिले उमेर हदको विषय टुंगी नसकेकाले सबै विद्यार्थी नेता नेतृत्वको दौडमा छन् । विभिन्न नेताहरुले आफू निकट विद्यार्थी नेतालाई नेतृत्व दिनुपर्ने अडान पनि पार्टीमा राख्दै आएका छन् । अहिले नेतृत्वको लागि नेविसंघबाट सात नेताको नाम चर्चामा छ । जसमा ३२ वर्षे उमेर पुगेका चार नेता र ३२ वर्ष मुनिका तीन जना नेतृत्वको दौडमा छन् ।

नेतृत्वको दौडमा दर्जन भन्दा बढीको दावी भएपनि हाल चर्चामा पुष्प कुमार शाही, सरोज थापा, ऋषिकेशजंग शाह, राजिव ढुंगाना, प्रकाश घिमिरे, अम्बिका चलाउने र प्रेम जोशी छन् ।

पुष्प कुमार शाहीलाई ३७ वर्ष भयो । शाही पूर्व कैलालीको जिल्ला अध्यक्ष, पूर्व केन्द्रीय सदस्य हुँदै निवर्तमान बरिष्ठ केन्द्रीय उपाध्यक्षको रुपमा लामोसयमदेखि क्रियाशिल रहेकाले बलियो दावेदारको रुपमा हेरिएको छ । उनलाई पार्टी सभापति शेरबहादुर देउवा, नेतृ आर्जु राणा देउवा, किशोर सिंह राठोर, एनपी साउद लगाएतका नेताको समर्थन रहेकाले पनि उनको सम्भावना छ । तर, उनी सुदूरपश्चिमको भएकाले र पहिलेको नेतृत्व पनि सुदूरपश्मिबाट नै भएकाले उनको सम्भावना न्यून रहेको चर्चा पनि हुने गरेको छ ।

सरोज थापा पनि अध्यक्षका दावेदार हुन् । त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदै नेविसंघको निवर्तमान महामन्त्री भएर नेतृत्व हाकिसकेका थापा ४३ वर्षका भए । उनलाई बिमलेन्द्र निधीको समर्थन छ । तर, अल्छी र काम गर्न नसक्ने नेताको रुपमा उनलाई लिने गरेको नेविसंघ सर्कलमा चर्चा हुने गरेको छ । त्यही कारण उनलाई नेतृत्व दिनु हुँदैन भन्ने एक तप्का छ ।

यस्तै अर्का बलियो दावेदार हुन ऋषिकेशजंग शाह । ४३ वर्षका शाह नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । उनलाई किशोरसिंह राठौरको समर्थन छ । लामो समयसम्म नेविसंघको राजनीति गरेकाले यसपटक उनले नेतृत्व पाउने पर्छ भन्ने जमात पनि ठूलो छ । शाहलाई नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताहरुको देशभरबाट समर्थन रहेको छ। शाहले क्याम्पसको स्ववियु सभापति हुँदै केन्द्रिय उपाध्यक्ष समेत भएर राम्रो काम गरेका कारण यसपटक उहाको विकल्प नभएको नेताहरूको बुझाई रहेको छ।अघिल्लो नेपाल विद्यार्थी संघको महाधिवेशन गराउन र सभापतिमा नैनसिंह महरलाइ जिताउन महत्त्वपूर्ण भुमिका खेलेको कारण पनि अब बन्ने नेपाल विद्यार्थी संघको तदर्थ समितिमा शाहको संभावना अन्यको भन्दा बढिनै छ। नेपालि कांग्रेस फुट्दा पनि शेर बहादुर देउवालाई साथ दिएको र रन्जित कर्णको नेपाल विद्यार्थी संघको केन्द्रिय समितिमा पनि शेर बहादुर देउवाको टिमलाई बलियो बनाएका कारण शाह नेपालि कांग्रेसले रुचाएका नेतामा पर्छन। तर, अमेरिका पठाइदिने भन्दै विभिन्न युवाहरुसँग लगभग ३ करोड रकम उठाएर ठगि गरेको अभियोग लागेका शाह राम्रो छवि नभएकाले कम्जोर उम्मेद्वारको रुपमा लिइएको छ ।

अर्का उमेर हद नाघेका प्रत्यासि हुन् राजिव ढुंगाना । ५१ बर्षका ढुंगानालाई ज्ञानेन्द्र कार्की,मिनेन्द्र रिजाल र कल्याण कुमार गुरुङलगायतको समर्थन छ ।लगभग १२-१३ बर्षसम्म नेपाल विद्यार्थी संघलाई छोडेर पार्टीमा गएका ढुंगाना अध्यक्ष बनिहाले पनि उनको कार्यकाल इतिहासकै कम्जोर हुनेछ र संगठन रुग्ण हुनेछ।

यस्तै ३२ वर्ष मुनिका तीन उम्मेद्वारको बलियो दावी छ । प्रकाश घिमिरे ३२ वर्षका भए । निवर्तमान सहमहामन्त्री घिमिरेलाई नेता बालकृष्ण खाणको समर्थ छ ।

अर्की उम्मेदवार अम्बिका चलाउने २८ वर्षकी भइन् । अछाममा उपमेयर भएर जनप्रतिनिधिका रुपमा काम गरिरहेकी चलाउनेलाई उमपेर भएकैले कम्जोर उम्मेद्वारको रुपमा हेरिएको छ । उनलाई नेता रमेश लेखक र नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरको समर्थन छ ।

प्रेम राज जोशीको नाम पनि अध्यक्षको चर्चामा छ । उनी ३२ वर्षका भए । कैलालीका जोशीलाई प्रकाश सरण महतको समर्थन छ । तर, उनलाई कैलालीमा निर्वाचनका बेला डा. आरजु राणा देउवालाई हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस कैलालीले उनको नाम कारवाहीका लागि सिफारिस गरेको थियो । त्यसैले उनको उम्मेदवारीलाई कमजोर रुपमा लिइएको छ ।