विकासको कामले गति लिदै छ : मन्त्री सुवेदी

विशाल पाण्डेय / सुखड ,कैलाली ।
सुदुरपश्चिम प्रदेशका सामाजिक विकाश मन्त्री कृष्णराज सुवेदीले सुदुर पश्चिम् प्रदेशमा विकास निर्माणको कामले गति लिएको बताउनु भएको छ ।
शनिबार कैलालीको घोडाघोडी नगरपालिकामा स्थानीय पालीकालाई स्वास्थ्य कार्यक्रमबारे दुई दिने क्षमता अभिबृद्धी तथा अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सुवेदीले सुदुर पश्चिम् प्रदेशमा विकास निर्माणको कामले गति लिएको बताउनु भएको हो ।
मन्त्री सुवेदीले सुदुर पश्चिम् प्रदेशमा कर्मचारीको अभाव तथा कार्यालय संचालनको लागि भवनको उचित व्यवस्थापन नहुनु लगायतका अन्य समस्याका बाबजुद पनि विकास निर्माणको कामले गति लिएको बताउनु भएको छ । उहाँले भन्नुभयो , “प्रदेश सरकारले विभिन्न कानुनहरु निर्माण गर्नु परेपनी अहिलेसम्म १७ वटा मात्र विधेक ऎन पास भएको छ , कर्मचारी तथा अन्य समस्याहरु पार गर्दै पछिल्लो समय विकास निर्माणको कामले गति लिएको छ।”
मन्त्री सुवेदीले सामाजिक विकास मन्त्रालय अन्तरगत घोडाघोडी नगरपालिकामा भएका महिला ,बालबालिका शिक्षा ,स्वास्थ लगायतका योजनाहरुलाई कागजमा मात्र सिमित नराखि जेठ मसान्तसम्ममा काम सम्पन्न गर्नु पर्ने बताउनु भएको छ । साथै उहाँले कतिपय जनप्रतिनिधिहरुले उपभोक्ता समितीमा आफ्ना मान्छे राख्ने र रकम दायाँबायाँ गर्न सकिन्छ कि भन्ने लोप लालचमा फस्न नहुने बताउदै अरुले त्यस्तो गरेको देखेपछि रोकि जनताको सच्चा जनप्रतिनिधिको रुपमा चिनिनु पर्ने बताउनु भयो । उहाले भन्नूभयो, ” जनप्रतिनिधिले कहिल्यै पनि गलत क्रियाकलाप गर्न हुदैन , जनप्रतिनिधिका लागि जनता नै सर्वप्रीय मालिक हुन् ।” घोडाघोडी नगरपालिकालाई आवश्यक पर्ने योजनाहरु सबैसंग छलफल गरि प्रदेश सरकारलाई समयमै बुझाउन समेत आग्रह गर्नु भयो ।
त्यस्तै प्रदेश सभा सदस्य अमर बहादुर साउदले स्थानीय ,प्रदेश र केन्द्रिय गरि ३ तहकै सरकार मिलेर जनताको स्वास्थ सम्बन्धि मौलिक हकहरुलाई जनस्तरमा पुर्याउनु पर्ने बताउनु भयो । उहाँले स्वास्थमा पहुँच पुर्याउनको लागी घोडाघोडी नगर क्षेत्रमा करिब १ करोडको लागतमा हस्पिटल निर्माणको योजना बनेको समेत जानकारी दिनु भयो । घोडाघोडी नगरपालिकाको वडा नं ६ र १२ मा बरथिङ्ग सेन्टर बनाउने कार्यक्रम रहेको सांसद साउदले बताउनु भयो । साथै वडा नं ८ र ४ मा वडा स्तरीय स्वास्थ चौकीको पहल गरेको बताउदै सांसद साउदले घोडाघोडी नगर क्षेत्रमा यातायात कार्यालयको लागि केन्द्रिय सरकारसंग पहल गर्ने समेत बताउनु भयो ।
यस्तै घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले घोडाघोडी नगरपालिकाले स्वास्थ र शिक्षा क्षेत्रमा प्रभावकारी ढंगबाट कामहरु गरेको बताउनु भयो । उहाँले स्वास्थमा पहुँच पुर्याउनको लागि आर्थिक बर्षमा स्वास्थ राहत कोषको स्थापना गरि १० लाख छुट्याइएको बताउनु भयो । घोडाघोडी नगरपालिकामा २ वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको बताउदै नगर प्रमुख चौधरीले प्रदेश सरकारलाई छिटो नगर स्तरीय हस्पिटल बनाउनको लागि आग्रह समेत गर्नु भयो ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रदेश सभा सदस्य नन्द बहादुर साउद, अक्कल बहादुर रावल, घोडाघोडी नगरपालिकाका उप-प्रमुख प्रेम कुमारी थापा, कार्यपालिका सदस्यहरु ,नगरपालिकाका कर्मचारी , राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रम घोडाघोडी नगरपालिकाको आयोजना तथा सुदुरपश्चिम प्रदेशको सामाजिक विकाश मन्त्रालयको सहयोगमा संचालन भएको हो ।

