सिके राउतलाई महासेठले दिए विप्लवलाई जस्तै प्रतिवन्ध गर्ने चेतावनी ! - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

सिके राउतलाई महासेठले दिए विप्लवलाई जस्तै प्रतिवन्ध गर्ने चेतावनी !



धनुषा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले सिके राउतले सहमति विपरीत कार्य गरे विप्लव जस्तै प्रतिवन्ध गरिने बताउनुभएकाे छ ।

जनकपुरधामस्थित दुधमती पुलको शुक्रवार शिलान्यास गर्दै मन्त्री महासेठले यस्तो खुलासा गर्नुभएको हो । उहाँले सिके राउतले मुलधारमा आउन प्रयास गरेकाले नै सरकारले सहमति गरेको तर सम्झौता विपरीत क्रियाकलाप जारी राखे सिके राउत र विप्लवमा फरक नछुटयाइने बताउनुभयो ।

नेकपाका नेताहरूले सिके राउतसंग सम्झौता गर्दा पार्टीसंग सल्लाह गरिएन भन्ने गुनासोबारे वोल्दै उहाँले देशको सार्वभौम सत्तासंग जुडिएको कुरालाई सल्लाह सुझाव लिनुपर्ने जरुरी नरहेको बताउनुभयो । यस्ता सहमति गर्न सरकार सक्षम रहेकोले सल्लाह सुझाव लिनु आवश्यकता नठानेको मुख्यमन्त्री महासेठले उल्लेख गर्नुभयो ।

फरक प्रसंगमा बोल्नुहँुदै उहाँले जनकपुरधाममा रेल्वे सेवा संचालनका लागि कानुनी प्रक्रिया पुरा भइसकेकोले भारत सरकारले रेल हस्तान्तरण गरे लगतै रेल संचालन हुने बताउनुभयो ।