नेपालमा अब कम्युनिष्ट पार्टी चाँहिदैन – डा.भट्टराई (भिडियो सहित)
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपालमा अब कम्युनिष्ट पार्टी नचाहिने बताउनुभएको छ । जनता टेलिभजिनको कार्यक्रम ‘द भ्यू’ (विचार मन्थन) कार्यक्रममा बोल्दै नेता भट्टराईले यस्तो बताउनुभएको हो ।
पुँजीवादले व्यक्तिको निजी स्वतन्त्रताको मात्र कुरा गरेर समाजिक सम्बन्ध बिर्सिएको र माक्र्सका चेलाहरुले निजी स्वतन्त्रता बिर्सेर सामाजिक सम्बन्ध मात्र मान्छे हो भन्न खोजेकोले यी दुवैपथ अपूर्ण भएको उहाँको तर्क छ । अब नेपालमा रहेका दलहरुले आफूलाई कमयुनिष्ट पार्टी भनिरहन जरुरी नभएको उहाँको जिकिर छ ।
राजनीति र समग्र देशको परिस्थितिका विषयमा डाक्टर भट्टराईसँग गरिएको कुराकानी समेटिएको कार्यक्रम ‘द भ्यू’ (विचार मन्थन) जनता टेलिभिजनबाट आइतबार राती पौन ९ बजे र सोमबार बिहान सवा ११ बजे प्रसारण हुनेछ ।