अज्ञात समूहद्वारा वडा अध्यक्षको मोटरसाइकलमा आगजनी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

अज्ञात समूहद्वारा वडा अध्यक्षको मोटरसाइकलमा आगजनी



डडेल्धुरा– नवदुर्गा गाउँपालिका– ४ का वडा अध्यक्ष पदम विष्टको मोटरसाइकलमा अज्ञात समूहले आगजनी गरेको छ।

बिहीबार राति करिब १२ बजे अध्यक्ष विष्टको से७प ३६९० नम्बरको मोटरसाइकलमा आगजनी गरेको बेलापुर प्रहरी चौकी सेरी, डडेल्धुराका प्रहरी सहायक निरीक्षक कर्णबहादुर सार्कीले जानकारी दिएका छन्।

घरमै पार्किङ गरिएको मोटरसाइकलमा आगजनी गरिएको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल केही दिन अगाडि मात्र वडा कार्यालयको नाममा खरिद गरिएको हो।