गृहमन्त्री बादललाई गगन थापाको प्रश्न : तपाई कायर होइन त ? - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

गृहमन्त्री बादललाई गगन थापाको प्रश्न : तपाई कायर होइन त ?



काठमाडौं– नेकपाभित्रकै कतिपय नेता तथा कार्यकर्ताले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने सरकारी निर्णयको विरोध गरिरहेका बेला कांग्रेसका प्रभावशाली नेता गगन थापाले भने विप्लव राजनीतिलाई कायरताको संज्ञा दिएका छन्।

नेता थापाले बिहीबार सामाजिक सञ्जालमा ट्विट गर्दै भनेका छन्, ‘व्यक्तिहत्यामा आधारित राजनीति क्रान्तिकारिता नभई कायरता हो।’

उनले वार्ताको ढोका बन्द नगरी आतंकका विरुद्ध सरकारले संविधानको दायरामा रहेर गर्ने नियन्त्रणको समर्थन पनि गरेका छन्।

नेता थापाले विप्लव नेतृत्वको नेकपाका गतिविधि बन्देज लगाउने सरकारको निर्णयले स्वयं गृहमन्त्री रामबहादुर थापाका हकमा पनि अर्को अर्थपूर्र्ण सन्दर्भतिर संकेत गरेका छन्।

ट्विटमै उनले लेखेका छन्, ‘हिजो क्रान्तिका नाममा ’बादल’ले जे गरे त्यो पनि कायरतापूर्ण कृत्य नै रहेछ भन्ने रामबहादुर थापाले अब त स्वीकार्नु होला कि?’