टेग्नुवाकाे १४ औँ वार्षिक साधारण सभा सम्पन्न,नमुना वन बनाउने प्रतिबद्धता - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

टेग्नुवाकाे १४ औँ वार्षिक साधारण सभा सम्पन्न,नमुना वन बनाउने प्रतिबद्धता



घोडाघोडी ,कैलाली । महिलाको सहभागितामा संरक्षण हुँदै अाएकाे टेग्नुवा महिला सामुदायिक वन उपभोक्ता समिति को १४ औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

कैलालिकाे घाेडाघाेडि नगरपालिका विश्व रामसार सुचीमा सूचीकृत घाेडाघाेडि ताल सँग जाेडिएकाे उक्त वन संरक्षणमा विगत २० वर्ष देखि स्थानीय महिला उपभाेक्ताहरु जुटिरहेका छन् । समूहका अध्यक्ष मैना ढकालको सभाअध्यक्षतामा सम्पन्न साधारण सभामा सवडिभिजन वन कार्यालय सुखडका सहायक वनअधिकृत ज्ञानु चाैधरि प्रमुख अतिथि रहेका थिए । त्यसैगरि विशिष्ट अतिथिहरू नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश उपाध्यक्ष चाँदनी आचार्य, घाेडाघाेडि जनजागरण मञ्चका सचिव हेम बम, वन संरक्षक तथा समाजसेवी जीवन राई रहेका थिए ।

४१ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनमा १०५ घरधुरी सङ्ख्या तथा ७ सय उपभोक्ता रहेका छन्। साधारण सभाले अागामि दिनमा बन व्यवस्थापन,ताल व्यवस्थापन,नेतृत्व विकास तथा शशक्तिकर तालिम सञ्चालन गर्ने,पिकनिक स्थल व्यवस्थापन तथा घाेडाघाेडिमा आउने पर्यटकलाई घुम्न पार्किङकालागि उचित ठाउकाे व्यवस्थापन गर्न समवन्धित निकायसँग सहयोग माग्ने समेत निर्णय गरेको छ । उक्त वन लाई नमुना वनकारुपमा विकास गर्ने समूहका पदाधिकारीले बताएका छन् ।

सचिव राधा पाण्डेले सञ्चालन गरेको उक्त कार्यक्रममा आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो ।कार्यक्रममा ज्वाला सामुदायिक वनका अध्यक्षय, एकनारायण तिवारी, जानकी सामुदायिक वनका अध्यक्ष तिलक राम सापकोटा,त्रिवेणी सामुदायिक वनका उपाध्यक्ष, घाेेडाघाेडि मन्दिर प्रतिष्ठानका सचिव शङ्कर संज्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।