निर्मला काण्डमा नयाँ ट्विस्ट, दुर्गादेवीको सनसनीपूर्ण खुलासा - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

निर्मला काण्डमा नयाँ ट्विस्ट, दुर्गादेवीको सनसनीपूर्ण खुलासा



कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या घटनामा नयाँ ट्विस्ट देखिएको छ । अपराधी आफ्नै घरवरिपरी घुमिरहेको भन्दै दुर्गादेवी पन्तले पक्राउ गर्न भनेकी छन् ।

निर्मलाकी आमा दुर्गादेवीले सुरुवातमा पक्राउ परेका दिलिपसिंह विष्ट निर्दोष रहेको बताएपनि अहिले आएर उनै बिष्टमाथि शंका गरेकी छन् । न्यायनिसाफका लागि प्रहरीसँग मुठभेडसमेत गर्दै र आन्दोलनमा दर्बिलो साथ दिँदै आएका स्थानीय मानवअधिकारकर्मीहरुको समेत दूर्गादेवीले आलोचना गरेकी छन् ।

अहिले अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज विष्टको पक्षमा दूर्गादेवी उभिएकी छिन् ।दिलिपसिंह विष्टले हिरासतमा परेका बेला प्रहरीलाई दिएको साविति वयानको भिडियो हेरेपछि आफू यस्तो निष्कर्ष मा पुगेको दूर्गादेवीको तर्क रहेको छ । प्रहरीले लापरवाही गरेको भन्ने भ्रम आफूमा रहेको तर वास्तविकता बुझ्दा घटना अर्कै भएको दुर्गादेवीको भनाइ छ ।

दूर्गादेवीले दिलिप विष्टलाई प्रहरीले पुनः पक्राउ गर्नुपर्ने र जेल हाल्नुपर्ने मागसमेत गरेकी छन् । विष्टका विरुद्ध किटानी जाहेरी दिने पक्षमा दुर्गादेवी रहेकी छिन् ।