प्रचण्डले भने 'विप्लव समुहले मलाई मार्ने सूचीमा राखेकाे थाहा पाएँ, दया लाग्यो' - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

प्रचण्डले भने ‘विप्लव समुहले मलाई मार्ने सूचीमा राखेकाे थाहा पाएँ, दया लाग्यो’



काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिको नक्कल गरेर कोही सफल हुन नसक्ने बताएका छन् ।

पेरिसडाँडामा बिहीबार सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा उनले एक युगमा एउटा मात्र प्रचण्ड हुन सक्ने बताए । ‘प्रचण्ड त्यसै बनेको हैन,’ उनले विप्लव तर्फ लक्षित गर्दै भने, ‘जनताको काम गर्दै बनेको हो ।’

विप्लव समुहले आफुलाई मार्ने सूचीको पहिलो नम्वरमा राखेको भन्दै उनीहरुप्रति दया लागेको उनले बताए । उनले भने, ‘विप्लव समुहले मलाई मार्ने सूचीमा राखेकाे थाहा पाएँ, दया लाग्यो ।’ हत्या हिंसा गरेर अर्को सामन्तवाद र प्रतिगमन ल्याउन त खोजेका हैनन ? भन्दै उनले विप्लव समुहलाई गम्भीर भएर सोच्न आग्रह गरे ।

सरकार कानुन अनुसार अघि बढ्ने भन्दै उनले कानुन सबैले मान्नु पर्ने बताए । उनले देशका लागि योगदान गर्ने शहिद सदैब स्मरणीय रहेको र उनीहरुको सम्झनामा स्मारक बनाइने उल्लेख गरे । सहिद तथा वेपत्ताका परिवारलाई कार्यक्रममा प्रचण्डले सम्मान गरेका थिए ।