सिके राउतको अब यस्तो प्लान !
काठमाडौं – ‘स्वतन्त्र मधेश गठबन्धन’का संयोजक सीके राउतले निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । दल दर्ताको निर्णय गर्नका लागि राउतले चैत ४ र ५ गते जनकपुरमा राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । राउतले सरकारसँग राष्ट्रिय अखण्डतामा कायम रहेको सम्झौता गरेपछि राष्ट्रिय परिषद् बैठक बोलाएका हुन् ।
पार्टीको नाम टुंगो लाग्न बाँकी रहेको र सोही बैठकले निर्णय गर्ने वार्ता टोलीका सहसंयोजक एवं सहजकर्ता चन्दन सिंहले बताएका छन् । स्वतन्त्र मधेश गठबन्धन मोर्चाको रुपमा रहने बताइएकाे छ । र अब खाेलिने नयाँ पार्टी छुट्टै हुनेछ ।
सिंहले भने, ‘यही चैत ४ र ५ गते जनकपुरमा दल दर्ताको विषयमा छलफल गर्न राष्ट्रिय परिषद्को बैठक बोलाएका छौं । सोही बैठकले पार्टीको नाम र अन्य बाँकी विषय टुंगो लगाउने छ ।’
यो पार्टीले रिक्त रहेको पदमा तराई क्षेत्रमा हुने निर्वाचन भाग लिने भएको छ । राष्ट्र विखण्डनको नारा लगाइरहेका सीके राउत र सरकारबीच गत शुक्रबार ११ बुँदे सहमति भएको थियो । त्यसपछि उनलाई खुल्ला राजनीतिमा आउने खुल्ला भएको हो ।
साथै सीके राउतले तराईलाई यूएनपीओमा दर्ता गराएका छन् । मधेस २६ औं सदस्यका रुपमा दर्ता छ । मधेसलाई नेपालको औपनिवेशिक उत्पीडनमा परेको भूभागका रुपमा दर्ता गरिएको छ ।