देशैभर संकास्पद बस्तु भेटीए, यात्रुलाई प्रहरीको स्कटिङ्ग - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

देशैभर संकास्पद बस्तु भेटीए, यात्रुलाई प्रहरीको स्कटिङ्ग



दाङ – दाङमा संकास्पद बस्तु फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ विपि चोक नजिकै एक कपडा पसल बाहिर राखेको संकास्पथ बस्तु फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय प्रमुख प्रेम शाही को टोली संकास्पद बस्तु भएको स्थानमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले बोत्तललाई कागजले बेरिएको अवस्थामा संकास्पद बस्तु रहेको बताए ।

राजमार्गमा रोकिएका सवारी साधनलाई प्रहरीले स्कटिङ्ग गरेर गन्तव्यमा लैजाने काम गरेको छ । उता प्युठानको स्वर्गद्वारी नगरपालिका अगाडिको बाटोमा संकास्पद बस्तु फेला परेको छ । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव परेको छ ।