वडा कार्यालय निर्माणका लागि जग्गा दान - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

वडा कार्यालय निर्माणका लागि जग्गा दान



बाैनिया,कैलाली । कैलालिकाे बर्दगाेरिया गाउपालिका वडा नम्बर ३ काे वडा कार्यलय निर्माणका लागि साेहि वडाका सहाेदर दाजुभाइले ५ कट्ठा जग्गा दान रहेका छन् ।

मंगलबार वडा कार्यलयमा एक कार्यक्रमका बिच साेहि वडाका सहाेदर दाजुभाइ मनऋषि र रत्नऋषि अाचार्यले करिब २० लाख मूल्य बराबरको जग्गा दान गरेका हुन् । जसमा भाइ मनऋषिले ३ कट्ठा १० धुर र दाइ रत्नऋषि अाचार्यले १ कट्ठा १० धुर जग्गा दान गरेकाे वडा नम्बर ३ का वडा सदस्य टंक अाेलिले जानकारि दियका छन् ।

तपाईंहरुले वडा कार्यलयलाई जग्गा दान गर्नुकाे खास करण के हाे ? भन्ने हाम्रो प्रश्नमा जग्गा दाता रत्नऋषिले वडा कार्यलयकाे भवन निर्माणका लागि नम्बरि जग्गाको अावश्यकता पर्ने र अाफुहरुकाे जग्गा ३ नम्बर वडाकाे मध्ये भागमा पर्ने भएकोले अाफुहरुले जग्गा दान गरेकाे बताए ।

अाचार्यद्बयका अनुसार वडा कार्यलयले जुन बेला जग्गा पाश गर्न मालपाेत कार्यलय जाउ भन्छ साे बेला अाफुहरुमा वडाकाे नाममा जग्गा पाश गर्न जान तयार रहेकाे समेत बताए ।

वडा नम्बर ३ काे मध्य भागमा रहेकाे साे जग्गा सम्म जान सडक बाट साे स्थान सम्म समेत जग्गा दाता मध्य एक मनऋषि अाचार्यकाे जग्गा रहेकाले दान गरेकाे जग्गा सम्म जानका लागि १८ फुटे बाटाे दिन समेत अाफु तयार रहेकाे अाचार्यले बताए ।

जग्गा प्राप्ति पश्चात् वडा अब जति सक्दाे चाडाे साे स्थानमा अाफ्नै भवन निर्माण गर्ने कार्यमा तल्लिन हुने वडा अध्यक्ष करने सुनारले बतायका छन् ।

अहिले बर्दगाेरिया गाउपालिकाका ६ वटा वडा मध्ये मात्र २ वटा वडाहरु वडा नम्बर १ र ६ संग मात्रै अाफ्नै भवन रहेको छ भने बाकि वडा र गाउपालिका भवन भाडामा लियर सेवा प्रदान गरिरहेका छन् ।