स्थानीयले बन्द गरे कलंकी-नागढुंगा सडक
काठमाडौं । धुलो-धुँवाका कारण समस्यामा परेको भन्दै स्थानीयले गरेको कलंकी-नागढुंगा सडक अवरोध हटेको छ । धुलोका कारण समस्यामा परेको तर सरकारी निकायबाट कुनै पहल नभएको भन्दै थानकोट आसपासका स्थानीयले बिहान ९ बजेपछि दुबैतर्फका सवारी ठप्प पारेका थिए ।
करिब ४५ मिनेटको अवरोध पछि अहिले दुबैतर्फको सवारी आवात-जावत शुचारु भएको महानगरीय प्रहरी प्रभाग, थानकोटका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए ।
प्रहरी निरीक्षक भट्टका अनुसार वार्तामार्फत समस्याको समाधान गर्न स्थानीयहरु सहमत भए पछि आवरोध खुलेको हो ।
यसअघि पनि स्थानीयहरुले बेला-बेलामा धुलो उडेको भन्दै प्रदर्शन गर्ने गरेका थिए । स्थानीयको प्रदर्शन पछि धुलो मार्न दैनिक पानी हाल्ने गरिए पनि समस्या समाधान हुन नसकेको भन्दै उनीहरुले मंगलबार सडक जाम गरेका हुन् ।
चन्द्रागिरि नगरपालिकामा केहिबेर पछि बार्ता गरे समस्या समाधान गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक भट्टले बताए ।