विवाह गरेको तीन मिनेटमै डिभोर्स - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

विवाह गरेको तीन मिनेटमै डिभोर्स



काठमाडौं । एक कुवेती जोडीले विवाह गरेको तीन मिनेटमै डिभोर्स गरेका छन् । यति छोटो विवाह भएपछि कुवेतको सरकारले पनि यसलाई देशको सवैभन्दा छोटो विवाहको मान्यता दिएको छ ।

किन भयो डिभोर्स ?

अदालतमा विवाह गरेका उनीहरु विवाह गरेर बाहिर आउँदै थिए । त्यहिक्रममा पत्नीको गोडा लरखराएर उनी लडिन् । यति हुनेबित्तिकै पतिले पन्तीको मजाक उडाएका थिए भने पत्नीलाई बेवकूफ समेत भनेका थिए । आफु लडेको देख्दा मजाक उडाएर बेवकूफ भनेपछि पत्नीले यो सम्बन्ध त्यहि सक्ने निर्णय लिन्छिन् । ‘जुन विवाहको इज्जत अहिले गर्न सकिरहेको छैन त्यस्तो मान्छेदे भविष्यमा कसरी इज्जत गर्नसक्छ’ पन्तीले भनिन्, ‘यो सम्बन्धलाई अहिले नै तोड्न चाहान्छु ।’ यति भनेसकेपछि उनीहरु पुनः अदालत गएर डिभोर्स गरेका थिए ।

उनीहरुको विवाहको बारेमा मिडियामा चर्चा भइसकेपछि केटीको कदमलाई धेरैले सहासिक भनेका छन् । सामाजिक सञ्जालमा पत्नीको समर्थन गर्नेहरुको बाहुल्यता छ ।