गजल - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

गजल



निमुखाको रगत चुसी अघाएको समाज
खोज्दाखोज्दै अस्तित्व हराएको समाज

भलाइको अर्थ छैन मिलापका के कुरा
स्वार्थरुपी आँकुराले पलाएको समाज

पुजा गर्नु बेकार छ आस्थाका यी मुर्तिहरु
अमूर्त ती प्रतिमाले बनाएको समाज

निर्मल जल बगाउन परै जाओस् आज
दीनदुःखीका अश्रुधार बगाएको समाज

मन्द आवाज बिलाउँदै जान्छ कता कता
ठालुहरुले निर्धक्क भई चलाएको समाज

 रश्मिला कवाङ ‘रश्मि’