देशभरका म्यानपावर कम्पनी बन्द - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

देशभरका म्यानपावर कम्पनी बन्द



काठमाडाैं- वैदेशिक राेजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएकाे बम विस्फाेटकाे विराेधमा आज देशभरका म्यानमावर कम्पनी बन्द गरिएकाे छ।

शुक्रबार घरमै पार्क गरी राखिएकाे कारमा बम विस्फाेट गराइएकाे घटनाकाे भर्त्सना गर्दै आज देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएकाे हाे।

अध्यक्ष गुरुङकाे घरमा भएकाे विस्फाेटका कारण पार्किङ गरी राखिएको गाडी पूर्णरुपमा ध्वस्त भएको थियो भने घरमा आगलागी भएर क्षति भएको भएको थियो। आगलागी काठमाडाैं महानगरकाे दमकल, प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएका थिए।

घटनाकाे जिम्मेवारी युवा संगठन नेपालले लियाे

घटनाकाे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले घटनाकाे जिम्मेवारी लिएकाे छ। नेकपाकाे सहायक संगठन युवा संगठन नेपालले एक विज्ञप्ति जारी गर्दै ‘गुरुङले देश र जनतालाई कंगाल बनाउने तथा मानव तस्करीलाई राेक्नुकाे सट्टा प्रसय दिएकाेमा पटक-पटक चेतावनी दिँदासमेत नमानेकाे हुँदा कारबाहीस्वरुप घटना घटाइएकाे’ बताएकाे छ।

‘सांकेतिक कारबाहीकाे प्रवाह नगरी अझैपनि वैदेशिक राेजगारीमा लगाइदिन्छु भन्दै ठगी गर्ने, वैदेशिक राेजगार व्यवसायी महास‌ंघकाे नेतृत्व गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय स्तमा मानव तस्करी गर्नेजस्ता कामहरु बन्द नगरिएमा याेभन्दा अझै बढी सशस्त्र कारबाही गर्न बाध्य हुनेछाैं’, युवा संगठन नेपालकाे मध्य केन्द्रीय कमान्डका सचिव ‘शिशिर’द्वारा जारी विज्ञप्तिमा भनिएकाे छ।