आफै अपहरणको नाटक गरेर परिवारसँग १५ लाख मागे जगतबहादुरले - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

आफै अपहरणको नाटक गरेर परिवारसँग १५ लाख मागे जगतबहादुरले



धनगढी– आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई पक्राउ गरेको छ ।

उनका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा सिंहले भारतको पञ्जाव गई त्यहींबाट आफू अपहरणमा परेकाले अपहरणमक्त हुन रु १५ लाख माग गरी झुठा सूचना दिएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढीका स्थानीय व्यापारीसँग लिएको ऋणको कर्जावापत अनादर चेक दिनुपरेको र सोही कारण आफू समस्या पर्ने डरले पञ्जाव गई त्यहीँबाट घरपरिवारका सदस्यलाई फोन गरेको निजले प्रहरी समक्ष स्वीकारेका छन् । सेती अञ्चल अस्पतालको खरिदार पदमा कार्यरत सिंहले धनगढीमा आरम्भ फैन्सी नामको पसल समेत सञ्चालन गरेको जनाइएको छ ।