प्रम ओली चढेको विमानले किन आकाशमा तीन चक्कर लगायो भन्दै छानबिन समिति गठन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान अवतरणका क्रममा आकाशमा तीन चक्कर किन लगाइयो ? भन्नेबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरिएको छ । लामो समय आकाशमा होल्ड गर्नको कारण पत्ता लगाउन छानबिन शुरु गरिएको हो ।
मंगलबार झापाबाट फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको विमान अवतरण गर्नुअघि आकाशमा होल्ड गरिएको थियो । यति एयरलाइन्सको विमानमा ‘भीभीआईपी’ रहेकोबारे जानकारी हुँदा हुँदै किन होल्ड गरियो भन्नेबारे अब छानबिन हुने मन्त्रालयका एक अधिकारीले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे छानविन गर्न सहसचिव सुरेश आचार्यको संयजकत्वमा समिति बनाएको हो । ‘भीभीआईपी उडान छ भने एयर ट्राफिक कन्ट्रोलरले सो विमानलाई उच्च प्राथमिकता दिनुपर्छ ।