भाङ हालेर बनाइएका अवैध खाद्य बस्तुहरु बरामद गरि नष्ट - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

भाङ हालेर बनाइएका अवैध खाद्य बस्तुहरु बरामद गरि नष्ट



विशाल पाण्डेय / सुखड ।

कैलालीको मध्यवर्ती क्षेत्रमा रहेको घोडाघोडी मन्दिर परिसरबाट भाङ हाली बनाइएका अवैध खाद्य बस्तुहरु बरामद गरि नष्ट गरिएको छ ।

सोमबार बिहान घोडाघोडी मन्दिर परिसरमा करिब १५ किलो गाजा मिसाइएको पकौडा तथा पकौडा बनाउनको लागि तयार पारिएको समान सहित ईलाका प्रहरी कार्यालय सुखडबाट गएको गस्तीले नियन्त्रणमा लिएको हो।

शिवरात्रीको अवसरमा प्रसादको रुपमा खानको लागी तयार गरिएको भाङ र भाङको पकौडा बिक्री गरिरहेको अवस्था बरामद गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशिले बताउनु भयो ।

व्यापारीहरुलाई पहिलो पल्ट सम्झाई बुझाई छोडेको र फेरी अनुगमन गर्दा पुनः फेला परेको खण्डमा कानुन बमोजिम काहबारी गरिने प्रहरी निरीक्षक जोशीले हिमाल पोस्टलाई बताउनु भयो ।

बरामद गरिएको पकौडा स्थानीय बुद्धिजीवी तथा पत्रकारहरुको रोबहरमा नष्ट गरिएको हो ।