चिरान हुँदै गरेको अबैध काठ बरामद, काठ चिरानीमा संलग्न फरार - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

चिरान हुँदै गरेको अबैध काठ बरामद, काठ चिरानीमा संलग्न फरार



बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ खैरेनीबाट चिरान हुँदै गरेको अबैध बरामद गरिएको छ । आइतबार बिहान ८ बजेतिर लुकाई छिपाई चिरान गर्दै गरेको सूचना पाएपछि साईनिङ स्टार युवा क्लबले पत्रकार र बन कर्मचारीलाई खबर गरेका थिए ।

चिरान गर्दै गरेको २६ क्युफीट तीन गोलिया काँचो सालको काठ ईलाका वन कार्यालय रामपुरले बरामद गरेको छ । काठ चिरान भइरहेको सूचना क्लबमा आवद्ध युवाले बन कर्मचारीलाई दिएपछि इलाका वन कार्यालय रामपुरको टोली उक्त स्थान पुगेको थियो ।

काठ चिरानमा संलग्न सोही ठाउँका मोहन भट्टराई रहेको ईलाका बन कार्यालय रामपुरका जमदार प्रकाश जोशीले बताए । काठ चिरानमा संलग्न भट्टराई फरार रहेको र उनको खोजी भइरहेको जोशीले बताए ।

ईलाका बन कार्यालय रामपुरले मुचुल्का उठएर काठ वन कार्यालयमा ल्याएको छ भने फरार रहेका भट्टराईको नाममा वारेन्ट निकालिने जोशीले बताए ।