बिजुलीको अभावमा कम्प्युटर प्रयोगविहिन  - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

बिजुलीको अभावमा कम्प्युटर प्रयोगविहिन 



धादिङ । चेपाङ बस्ती बढी रहेको धादिङको दक्षिणी भेगमा पर्ने बेनीघाट रोराङ गाउँपालिकास्थित गोइराङमा अहिलेसम्म बिजुली पुगेको छैन । टुकी र सोलारका भरमा रहेका गोइराङवासी गाउँलाई उज्यालो बनाउने प्रयासमा छन् । आजको नागरिक दैनिकमा खबर छ ।

उनीहरु बिजुली पुर्याएर गाउँ झलमल्ल पार्ने सपना देखिरहेका छन् । भर्खरै सडक पुग्दै गरेको गाउँमा बिजुली नपुग्दै कम्प्युटर पुगेको छ । गाउँपालिकाले गोइराङ आधारभूत विद्यालयलाई तीनवटा कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो ।

पृथ्वी राजमार्गको हुग्दीखोलाबाट ग्रामीण बाटो हुँदै पुग्न सकिने विद्यालयमा चारवटा कम्प्युटर छन् । तीनवटा कम्प्युटर गाउँपालिकाले दिएको हो भने एउटा विद्यालयको नै हो ।

बिजुलीको अभावमा कम्प्युटर प्रयोगविहिन बनेको विद्यालयकी शिक्षिका सुष्मा भट्टराईले बताइन् ।