मौसम पुरै गडबड : देशैभरी वर्षा
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन देशभरीको मौसममा गडबडी हुने जनाएको छ । मौसमविद्का अनुसार काठमाडौं उपत्यकाको मौसम आगामी बुधबारदेखि मात्रै पूर्ण रुपमा सफा रहने पूर्वानुमान रहेको जनाए ।
उनका अनुसार आज बिहानैदेखि देशका विभिन्न भागमा छिटपुट वर्षा भइरहेको छ । खासगरी पूर्वी पहाडी इलाकामा यसखालको अवस्था देखिएको उनले बताए । अन्य स्थानमा पनि मौसममा सामान्य बदलीको अवस्था रहेको छ ।
भोलि र पर्सि पनि मुलुकका विभिन्न भागमा आंशिक तथा पूर्ण बदलीको अवस्था रहने उनले बताए ।