न्यू लाइट एजुकेसन होमको २७ औँ वार्षिकोत्सव
लोकेन्द्र रावल
टीकापुर, न्यू लाइट एजुकेसन होम टीकापुरले आफ्नो २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिवार मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रपाणि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सांसद एवम् प्रतिपक्षी दलका नेता डाक्टर रणबहादुर रावल थिए ।
प्रमुख अतिथि रावलले शिक्षा नै सबैभन्दा ठुलो सम्पत्ति भएको र मानिसले शिक्षा बिना केही पनि गर्न नसक्ने बताए ।
विद्यालयको संख्यामात्र बढाएर हुँदैन शिक्षाको गुणस्तर बढाउन पनि जरुरी रहेको पनि उनले बताए ।
डाक्टर रावलले जहाँ शिक्षामा गुणस्तर छ अभिभावहरुले आफ्ना बच्चाहरूलाई त्यही पढाउनु पर्दछ त्यो सरकारी होस या निजी विद्यालय होस् भन्दै शिक्षा जस्तोसुकै लडाई लड्न सक्ने अस्त्र भएको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि पूर्व सांसद हरिलाल ज्ञवाललीले जुन विद्यालयले गुणस्तर शिक्षा दिन्छ त्यो स्कूलमात्र अब अगाडी बढ्न सक्ने भन्दै अबको शिक्षा र स्वास्थ्यमा नाफा होइन सेवामूलक हुनुपर्ने बताए ।
कार्यक्रममा टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष नवराज रावल, वीरेन्द्र विद्या मन्दिरका प्रअ यज्ञराज ज्ञवाली, प्याब्सन जिल्ला अध्यक्ष डिल्लीराज रेग्मी, प्याब्सन टीकापुरका सचिव देवेन्द्र शाहले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रिन्सिपल जयकृष्ण तिमिल्सिनाले विद्यालयको प्रगतिका बारेमा बताए ।
कार्यक्रममा भ्वाइस अफ न्यूलाइट को विजेता सोहरात खान भएका छन् भने नृत्य बिदा तर्फ सौगात खत्री भएका छन् । उनीहरूलाई साइकल पुरस्कार दिइएको छ ।
त्यस्तै भ्वाइस अफ न्यू लाइटको द्वितीयमा ललिता नेपाली, तृतीयमा उर्मिला शाही र सान्त्वनामा प्रकाश बिसी र आलोक नेपालीले नगद पुरस्कार हात पारेका छन् । भने नृत्य तर्फ द्वितीय अनिषा चौधरी, तृतीय बन्दना चौधरी र सान्त्वना सुबेक्षा उपाध्याय, सुहाना रावल र अञ्जली नेपालीलाई नगद पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा २०७५ को अनुशासित विद्यार्थीमा अङ्कित झा, कक्षामा बढी हाजिर हुने आयुष चौधरी, सरसफाइ मा सजना रावल, बहुप्रतिभामा रमेश चौधरी, अतिरिक्त क्रियाकलापमा सोहिता थापालाई स्कुलले पुरस्कृत गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य युवराज शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक मोहन खत्रीले गरेका हुन्