खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिताको आयोजना - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिताको आयोजना



विशाल पाण्डेय / सुखड,कैलाली ।

“बर्दगोरिया पहिचान, युवा तथा खेलकुद बिकासको अभियान” भन्ने मुल नाराका साथ कैलालीको बर्दगोरिया गाउपालिकामा खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुने भएको छ ।

साइनिङ्ग स्टार युवा क्लबको आयोजनामा फागु पुर्णिमा (होलि) पर्वको अवसरमा यहि चैत २ गतेदेखि ७ गतेसम्म बर्दगोरिया गाउपालिका -३ खैरेनी स्थित रामजानकी मन्दिरको मैदान हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

युवा तथा खेलकुदको विकास ,उत्कृष्ट खेलाडी उत्पादन , कुलतमा फसेका युवाहरूलाई खेल तर्फ प्रोत्साहन , स्वास्थ र मनोरञ्जन लगायतको उद्देश्यले भलिबल खेलको आयोजना गर्न लागिएको साइनिङ्ग स्टार युवा क्लबका अध्यक्ष मिलन ओलिले जानकारी दिए ।

यस अघि रामजानकी मन्दिर संरक्षण समितिले चौथो संस्करणसम्म भलिबल प्रतियोगिता गर्दै आएपनी साईनिङ्ग स्टार युवा क्लबको आयोजनामा यो दोस्रो खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुन लागेको अध्यक्ष ओलिले बताए ।

aप्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार,दोस्रो टिमलाई ३१ हजार र तृतिय टिमलाई १५ हजार रुपैयाँ पुस्कार दिईने क्लबका अध्यक्ष ओलीले जानकारी दिए । भलिबल खेलमा बेस्ट स्पाईकर,बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट सटर , बेष्ट प्लेयर लगायतका बिधामा पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विभागीय टोली तथा देश भरबाट बिभिन्न टिमको सहभागीता रहने प्रतियोगितामा टिम दर्ता २ हजार १ सय रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

करिब ३ लाख २० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई सभ्य भब्य रुपमा सम्पन्न गर्नको लागि
संयोजक समित तोकिएको छ । जसमा मंच व्यवस्थापन समिति संयोजकमा गणेश विश्वकर्मा ,अथिती स्वागतमा भेषराज जैशी ,प्रचारप्रसारमा गोबिन्द बीसी ,आर्थिकमा मोहन खत्री, सुरक्षामा खेमराज देवकोटा ,अनुगमनमा मिलन ओलि र मायाको चिनो व्यवस्थापनमा सुन्दर गौतम रहेका छन् ।

साइनिङ्ग स्टार युवा क्लबले लामो समयदेखि शिक्षा ,स्वास्थ ,पुर्वाधार विकास ,मनोरञ्जन तथा खेलकुद क्षेत्रमा केन्द्रित भएर सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।