राजदूतलाई फिर्ता पठाउन माग गर्दै एमाले कार्यकर्ताद्वारा भारतीय दुताबास अगाडि प्रदर्शन - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

राजदूतलाई फिर्ता पठाउन माग गर्दै एमाले कार्यकर्ताद्वारा भारतीय दुताबास अगाडि प्रदर्शन



काठमाण्डौ,
भारतले हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवा विद्यार्थीहरुले भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले सरकार भारतको इशारामा चलेको भन्दै प्रधानमन्त्री प्रचण्डको राजीनामा पनि माग गरेका छन् ।

नेपाल सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव एक महत्वपूर्ण कदम भएको भन्दै भारतीय राजदूतावासले विज्ञप्ती जारी गरेको भोलिपल्टै एमाले कार्यकर्ताहरु लैनचौरस्थित दूतावास अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।

विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै एमालेका युवा तथा विद्यार्थी संविधान संशोधन प्रस्ताव पारित गराउन भारतीय राजदूत रणजित रायले चलखेल गरेको आरोप लगाउँदै उनलाई फिर्ता पठाउन माग गरे