प्रम ओलीले भेटे स्व. अधिकारीको परिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीका परिवारलाई भेटेका छन् । ओलीले अधिकारीका परिवारलाई भेट्दै धैर्य रहन आग्रहगरे ।
मुलुकले अतुलनीय क्षति व्यहोरेको बताउँदै प्रधानमन्त्री ओलीले पर्यटनमन्त्री अधिकारीलाई सबैले सधैँ सम्झिरहने बताए । अधिकारीका परिवारलाई भेट्न मन्त्रीहरु उनको निवास पुगेका छन् ।