मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनाः प्रधानमन्त्रीले आकस्मिक बैठक - Himal Post Himal Post
  • ५ माघ २०८१, शनिबार
  •      Sat Jan 18 2025
Logo

मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनाः प्रधानमन्त्रीले आकस्मिक बैठक



प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा परेपछिको अवस्थाबारे मन्त्रीहरुलाई जानकारी गराउन बैठक बोलाइएको दाबी स्रोतले गरेको छ ।

काठमाण्डुबाट पाथिभराका लागि उडेको अधिकारीसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङको पाथिभरा क्षेत्रमा दुर्घटना भएको हो ।