सुदुरका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित
कैलाली । सुदूर पश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । हिमपातले
बझाङ , बैतडी र दार्चुला लगाएतका पहाडी जिल्ला प्रभावित परेका छन् । हिमपातले विभिन्न ठाउँका सडक अवरुद्ध हुँदा लामाेदुरीका लागी छुटेका यतायातका साधन विच बाटोमा अलपत्र परेका छन् ।
केही दिन अघिबाट मौसममा आएको परिवर्तनसंगै जिल्लाका उच्च लेकाली क्षेत्रमा भारी हिमपात भएसङ्गै स्थानीयहरुको दैनिकी कष्टकर बन्दै गएको छ ।
हिमपातका कारण दैनिक कामकाजमा बाधा पुगेको स्थानीयहरुले बताएका छन् ।
हिमपताले चिसो बढेपनि हिउँदेबाली उत्पादनमा भने वृद्धि हुने किसानहरुले आसा गरेका छन् । हिमपात हुँदा हिउँदे फलफूल,हिउँदेबाली र तरकारीबालीका लागि फाइदा पुग्ने किसानहरुले बताएका छन् । हिमपातका कारण अवरुद्ध सडक खुलाउन स्काभेटर लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
तस्बिर : दिपक सिंह / बैतडी