ट्रयाक्टरले किचेर कञ्चनपुरमा एक जनाको मृत्यु - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

ट्रयाक्टरले किचेर कञ्चनपुरमा एक जनाको मृत्यु



कञ्चनपुर । कञ्चनपुरमा एक जनाको ट्रयाक्टरले किचेर मृत्यु भएको छ । मङ्गलवार भीमदत्त नगरपालिका वडा नम्बर १२ ऐरी महाकाली घाटमा ट्रयाक्टरमा झुन्डिने क्रममा किचिएर मृत्यु भएको हो।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका १२ भुजेका ४० वर्षीय दिनेश तिरुवा रहेका छन् । उनको से १ त ३६५० नम्बरको बालुवा बोकेको ट्रयाक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविन्द्र रोकायाले जानकारी दिए ।

घटनाबारे थप जानकारी लिन ट्रयाक्टरका चालक लालसिंह धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।