ट्रक व्यवसायीले फेरि ब्यूँताए सिन्डिकेट - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

ट्रक व्यवसायीले फेरि ब्यूँताए सिन्डिकेट



साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगञ्जबाट नुन, चिनी र मल ढुवानीको ठेक्का लिएको शुभ ढुवानी सेवाले सोमबार काठमाडौं ढुवानीका लागि २३ हजार रुपैयाँ भाडामा ट्रक पाएनन्।

जबकि दुई साता अगाडिसम्म १८ हजार रुपैयाँमै जति पनि ट्रक उपलव्ध हुन्थे।

बारा पर्सा औधोगिक करिडोरका उद्योगका उत्पादनले पनि ढुवानीका लागि महंगो भाडा तिरेको गुनासो गरेका छन्। यो खबर आजको कान्तिपुर दैनिकमा वीरगञ्जबाट भूषण यादवले लेखेका छन्।

फागुन १ देखि नेपाल ट्रक यातायात व्यवसायी महासंघ अन्तर्गतका मुलुकभरीका सातवटा संघले घुमाउरो तरिकाले सिन्डिकेट ब्युँताउने निर्णय गरेपछि बजारमा मालबाहक ट्रकको संख्या घटेको छ, भाडा भने दिनहुँ वृद्धि भइरहेको छ।

माघ अन्तिम साता चितवनको भरतपुरमा भेला भएका यातायात व्यवसायी संघको निर्णयपछि फागुनदेखि प्रत्येक ट्रकले मासिक ७ ट्रिप लामो र १० देखि १२ ट्रिप छोटो दूरी गर्न पाउने भएका छन्।

यो नियम लागू भएपछि एउटा ट्रकले चार दिनपछि मात्र अर्को लोडिङ पाउने सिस्टम व्यवसायीले लागू गरेका छन्।