कैलालीको टिकापुरमा लागु औषध सहित ४ पक्राउ - Himal Post Himal Post
  • २२ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 5 2026
Logo

कैलालीको टिकापुरमा लागु औषध सहित ४ पक्राउ



लोकेन्द्र रावल
टीकापुर । ईलाका प्रहरी कार्यालय टीकापुरले सोमबार साँझ ५ बजे ५५ ग्राम लागु औषध खैरो हिरोईन सहित एक जना भारतिय नागरीक तथा ३ जना नेेेपाली गरि ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतिय जिल्ला लखिमपुर खिरी,खिरीम ग्राम पञ्चायत चक्करपुर उत्तर प्रदेश भारत बस्ने कृपाल सिंहको छोरा बर्ष २४ का सुखदेव सिंह, जिल्ला कैलाली टीकापुर नगरपालीका वडा नं.२ बन्दीपुर बस्ने बर्ष २५ को निराजन शाह, टीकापुर नगरपालिका.वडा नं.४ अस्नेहरी बस्ने बर्ष २४ को भेडे भन्ने नविन कार्की र जिल्ला बर्दिया गेरुवा गाउँपालीका वडा नं.२ बस्ने बर्ष १९ की भावना हमाल रहेका छन् ।

सुखदेव सिंहबाट ४९ ग्राम २६० मिलिग्राम अबैध लागु औषध (खैरो हिरोईन), निराजन शाहबाट ४ ग्राम १३० मिलिग्राम, र टीकापुर नगरपालिका वडा नं.४ अस्नेहरी बस्ने बर्ष २४ को भेडे भन्ने नविन कार्की र जिल्ला बर्दिया गेरुवा गाउपालीका वडा नं.२ बस्ने बर्ष १९ की भावना हमालको साथबाट १ ग्राम ८२० मिलिग्राम गरी ५५ ग्राम २१ मिलिग्राम लागु औषध (खैरो हिरोईन) बरामद गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

सुखदेव सिंहले चलाएको मोटरसाईकल जाँच गर्दा मोटरसाइकलको भाईजर मुनी कालो,सेतो,निलो,पहेलो बुट्टा भएको रुमाल भित्र सेतो प्लाष्टिकले बेरेर राखेको अवस्थामा उक्त अबैध लागु औषध (खैरो हिरोईन) भेटिएको थियो । सिंह टीकापुर नगरपालीका वडा नं.९ खक्रौला स्थित सडक खण्डमा बिगत लामो समय देखी बिक्री बितरण गर्दै आएको प्रहरी जनाएको छ ।
भारतिय नागरीक सहित ४ जना माथि अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । फाइल तस्वीर :