पुरैना तालको प्रचारप्रसार तथा पर्यटन विकासका लागि महोत्सवको आयोजना - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

पुरैना तालको प्रचारप्रसार तथा पर्यटन विकासका लागि महोत्सवको आयोजना



विशाल पाण्डेय / सुखड,कैलाली ।
“बर्दगोरिया मुडा बजार विकासको अभियान , स्थानिय कला सांस्कृतिक तथा पुरैना तालको पहिचान” भन्ने मुल नाराका साथ कैलालीको बर्दगोरीया गाउपालिका -४ मुडा बजारमा ‘शिवरात्री बर्दगोरीया पुरैना ताल पहिचान महोत्सव -२०७५’ संचालन हुने भएको छ ।

मुडा बजार विकास समितिको आयोजमा यहि फागुन १७ गतेदेखि २१ गतेसम्म मुडा बजार ,खुल्ला मंचमा
महोत्सवको आयोजना गर्न लागीएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।

बर्षौ देखी ओझेलमा रहेको र कसैको नजर नपुगेको पुरैना तालको प्रचार प्रसार गरी पर्यटकिय क्षेत्रमा विकाश गर्न सहयोग पुर्‍याउने उदेश्यले महोत्सवको आयोजना गर्न लागीएको मुडा बजार बिकाश समितीका अध्यक्ष मिथुन गौतमले बताएका छन् ।

परापुर्व काल देखी नै यो ताल रहेपनि प्रचारप्रसारको कमिले हालसम्म कसैको ध्यान जान नसकेकाले ओझेलमा परेको अध्यक्ष गौतमले बताए । स्थानीय स्तरका सांस्कृतिक कलाकारको विकास , खेल मैदानको संरक्षण र व्यवस्थापन ,मुडा बजारको विकास र पहिचान गराउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त महोत्सवमा करिब ६० हजार दर्शकहरुले अवलोकन गर्ने अध्यक्ष गौतमले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

करिब १३ बिघाह क्षेत्रफलमा फैलीएको स्वस्च्छ र सुन्दर तालमा व्यवस्थित तरिकाले डुङ्गा संचालन , होम स्टे तथा ताल वारिपारी झोलुङ्गे पुलको व्यवस्थापनको लागि पहल भइरहेको अध्यक्ष गौतमले जानकारी दिए । परापुर्व काल देखी चौधरी ,राजी लगायतका समुदायले आफ्नो देवी देउता पुज्ने बिशेष स्थानको रुपमा यो ताल क्षेत्रलाई मान्दै आएको पनि अध्यक्ष गौतमले बताए ।

महोत्सव अवधिभर दिउँसोमा थारु नाच , देउडा नाच सङ्गै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने र रातिको समयमा धार्मिक तथा शिव लिलाको अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।

पर्यटकीय क्षेत्रमा अथाह सम्भावना बोकेको पुरैना ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकाश र बिस्तार गर्न सके बर्दगोरीया गाउपालिका मात्र नभई समग्र सुदुरपश्चिम प्रदेशको आर्थिक सम्बृद्धी संग यसलाई जोड्न सकिने आयोजकले बताएको छ । फागुन १७ गतेदेखि २१ गतेसम्म संचालन हुने महोत्सव अवधिभर निशुल्क अवलोकन गर्न सकिने समेत आयोजकले जनाएको छ ।