स्ववियु चुनाव बैशाखमा हुने - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

स्ववियु चुनाव बैशाखमा हुने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गते भित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभए पछि पछाडि सार्ने तयारी गरिएको हो ।

त्रिविले नियमित तालिका अनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो, त्रिवि शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले भनिन्, फागुनबाटै परीक्षा सुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्न गर्ने तयारीमा छौं । त्यसका निम्ति त्रिविका विभिन्न संकायका डिन, क्याम्पस प्रमुख लगायत सरोकार निकायसँग छलफल अघि बढाएको उनले बताइन् ।

त्रिविले वैशाखमा हुने गरी स्ववियु चुनावको तालिका सार्वजनिक गर्छ, त्रिपाठीले भनिन्, चुनावमा कुन विद्यार्थी संगठन सहभागी हुने र नहुने भन्ने उनीहरूले नै निर्णय गर्ने हो । हरेक दुई वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । यस अघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।