निर्मला हत्या प्रकरण : स्वास्थ्य अवस्था बिग्रीदै गएपछि आमाबुवाद्बारा धर्ना स्थगित - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

निर्मला हत्या प्रकरण : स्वास्थ्य अवस्था बिग्रीदै गएपछि आमाबुवाद्बारा धर्ना स्थगित



कैलाली । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै तीन महिनादेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका आमाबुवाले शुक्रबार धर्ना स्थगित गरेका छन् ।

निर्मलाका बाबु यज्ञराज पन्त र सौतेनी आमा लक्ष्मी पन्तको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएको हुँदा हाललाई अनशन स्थगित गरिएको हो ।

निर्मलाका आमाबुवाले ७६ बर्षीया बृद्धा दिलमाया खरेल र ३ वर्षीया बालिका आरोसी चन्दको हातबाट जुस पिउँदै अनशन स्थगित गरेका थिए ।

यसअघि दुईपटक बिरामी परेर त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराएर फर्किएका यज्ञराजको स्वास्थ्यमा पुनः खराबी आउन थालेपछि धर्ना स्थगित गरिएको हो । धर्ना स्थगित गरेसङ्गै शुक्रबार नै काठमाडौं जाने र स्वास्थमा सुधार आएपछि पुन आन्दोलन सुरु गर्ने बताइएको छ । तस्बिर : सामाजिक संजाल