मालपोत कार्यालय कैलालीमा आजदेखी अनलाइन सेवा सुरु
धनगढी, कैलाली । मालपोत कार्यालय कैलालीमा आइतबारदेखि अनलाइन सेवा सुरु गरिएको छ । जग्गा प्रशासन सम्बन्धि सेवाहरुलाई सुचना प्रविधिमा आधारित गराउने उद्देश्यका साथ भू–अभिलेख सुचना व्यवस्थापन प्रणाली ल्याण्ड रेकर्ड इन्फोमेसन म्यानेज्मेन्ट सिस्टम एप्लीकेसन मार्फत अनलाइन सेवा प्रदान गर्ने कार्यको सुरुवात भएको कार्यालयले जनाएको छ ।
आईतवार अनलाईन सेवाको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था तथा कृर्षी मन्त्री बिनिता चौधरीले देशभरका जग्गा प्रशासन कार्यालयको एकत्रित तथ्यांक राख्ने उद्देश्यले एल.आर.आई एम.एस एप्लिकेसनमार्फत अनलाइन सेवा सुरु गरिएको बताईन् । मन्त्री चौधरीले प्रदेशलाई नै प्रबिधी मैत्री बनाउन तर्फ सबै लाग्नु पर्नेमा जोड दिईन् । यो सेवा सञ्चालनमा आएपछी सेवाग्राहीलाई थप सहज हुने उनले बिश्वास ब्यक्त गरिन् ।
देशभर रहेका १३१ मालपोत कार्यालयमध्ये हालसम्म ५३ मालपोत कार्यालयले अनलाईन सेवा सञ्चालन गरिसकेको छ ।