मोहन्यालमा सौर्य उर्जा सहकारीको समिति गठन ,अध्यक्षमा जैशी
लिला जङ्ग शाहि / मोहन्याल ,कैलाली ।
कैलालीको मोहन्याल गाउपालिका वडा नं ६ सोल्टामा सुगरखाल सौर्य उर्जा सहकारी संस्था लिमिटेडको समिति गठन गरिएको छ । उज्वल प्रशाद जैशीको अध्यक्षतामा ११ सदस्यीय सुगरखाल सौर्य उर्जा सहकारी संस्था लिमिटेडको गठन गरिएको हो ।
समितिको सचीवमा राम बहादुर बिक ,कोषाध्यक्ष बबिता योगि चौधरी चयन भएका छन भने समितिको सदस्यहरुमा हरिकला बिस्ट चलाउने ,कृष्ण जैशी ,टिका भुल ,तेजु रावल ,राम प्रशाद जैशी ,धनी देवि शाही ,करन सिह भन्डारी ,हिरा थ्यायत रहेका छ्न । बैकल्पिक सौर्य उर्जा मिनि ग्रेड ललितपुर र मोहन्याल गाउपालिकाको साझेदारी पहिलो चरणमा मोहन्याल गाउपालिका वडा नं ६ का सोल्टा र रुइनिकोट गाउका २ सय ६ घर , विद्यायालय ,स्वास्थ चौकी ,प्रहरी चौकी ,सहित २ सय २९ बिधुत सहकारीका ग्राहक रहेकोे छन ।
कर्णाली नदि बाट ७५ किलो वाट क्षमता रहेकोे सौर्य बत्ति जडानमा बैकल्पिक उर्जा ले एडिपि को करिब ४ करोड सहयोग र उपभोक्ता ले ब्यहोर्नु पर्ने १०% प्रतिशत रकम उपभोक्ताको दहनिय अवस्था भएकाले गाउपालिकाले करिब ४२ लाख ब्यहोरेको मोहन्याल गाउ पालिकाका अध्यक्ष नवल सिंह रावलले बताउनुभयो । उहाले अझै पनि करिब ६ सय घर धुरी मध्य बाट २ सय २९ ग्राहक लाइ बिधुतिकरन गरिएको र छुटेका बस्तीमा बिधुती करण बिस्तार का लागी साझेदारी संस्था को खोजी गरिरहेको बताउनुभयो ।
अध्यारो बाट मुक्त गरि झिलिमिली उज्यालो हुदा गाउ मा खुशियाली छाएको र आफुले पहल गरेको सौर्य बत्ति सफल हुदा स्वास्थ चौकी मा बत्ति बाट हुने काम छिटो छरितो हुने गरेको जन स्वाथ्य निरीक्षक जयनन्द जैशी ले बताउनुभयो । बत्तिको कार्यलय ब्यबस्थापन र कर्मचारी ब्यबस्थापन का लागी सहकारी संस्था गठन गरी संचालनका लागी बत्ती खपत गरे बाफत ९ रुपैयाँ प्रती युनिट शुल्क तोक्ने निर्णय भएको सहकारीका अध्यक्ष उज्वल प्रसाद जैशी ले बताउनुभयो ।