खस्यौली युथद्बारा राष्ट्रिय अध्यक्षमा कंडेल सिफारिस

बुटवल । लियो जिल्ला परिषद ३२५ बि २ नेपालको राष्ट्रिय अध्यक्षमा लियो सरोज कंडेललाई सिफारिस गरिएको छ ।
लियो जिल्ला परिषद ३२५ बि २ अन्तरगतको एरिया ४ मा पर्ने लियो क्लब अफ बुटवल खस्यौली युथको शनिबार बुटवलमा बसेको बैठकले बर्ष २०१९ /०२० का लागि राष्ट्रिय अध्यक्षमा कंडेललाई सिफारिस गर्ने निर्णय गरेको हो ।
लियो क्लब अफ खस्यौली युथका अध्यक्ष दिपेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी चैतमा हुने अधिबेशनका लागी लियो खस्यौली युथका पुर्व अध्यक्ष समेत रहेका कंडेललाइ राष्ट्रिय अध्यक्षमा सिफारिस गरि अन्य सहयोगमा पनि साथ दिने निर्णय गरेको हो ।
कार्यक्रममा लायन्स क्लब अफ खस्यौलीका संस्थापक अध्यक्ष मुक्ति प्रसाद श्रेष्ठ प्रमुख अथिती रहनु भएको थियो भने बिशिस्ट अथितीमा लियो जिल्ला उपाध्यक्ष सरोज कंडेल , लायन्स क्लब अफ खस्यौलीका अध्यक्ष लायन पप्पु कुमार गुप्ता , क्लब एड्भाइजर लायन बाबुराम बोहरा रहनु भएको थियो । त्यस्तै अथितीहरुमा एरिया ४ का कोर्डिनेटर लियो सुदिप बेलबासे, लायन्स क्लब अफ खस्यौलीका सदस्य शित्तल ज्ञवाली लगाएतको उपस्थिति रहेको थियो ।
लियो खस्यौलीका युथका संस्थापक अध्यक्ष लियो रमेश अर्यालको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा बर्ष २०१८ / १९ लियो जिल्ला परिषदका उपाध्यक्ष तथा २०१९ / २० को राष्ट्रिय अध्यक्षको उमेदवार लियो सरोज कंडेलले सबै लियो क्लबहरुलाई १०० प्रतिशत यास भोटका लागि सहयोग गर्न समेत अपिल गर्नु भएको छ ।
कार्यक्रमको संचालन लियो खस्यौली युथका सचिव लियो होमनाथ सापकोटाले गर्नु भएको थियो ।

