वन संरक्षण, विपद व्यवस्थापन सम्बन्धी तीन दिने सचेतनामुलक तालिम शुरु - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

वन संरक्षण, विपद व्यवस्थापन सम्बन्धी तीन दिने सचेतनामुलक तालिम शुरु



विशाल पाण्डेय / सुखड ,कैलाली ।
वन संरक्षण , विपद व्यवस्थापन सम्बन्धी ३ दिने सचेतनामुलक तालिम कैलालीको घोडाघोडी नगरपालिका – १२ त्रिवेणिमा बुुधबारदेखि शुरु भएको छ ।

घोडाघोडी नगरपालिका वडा नं १२ को आयोजनमा सुरु भएको तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अथिती घोडाघोडी नगरपालिका -१२ का वडाध्यक्ष पर्ना कुमार चौधरी रहनु भएको थियो । कार्यक्रममा प्रमुख अथितीको आसनबाट बोल्दै चौधरीले हाम्रा वरपर भएका प्राकृतिक साधनहरुलाई संरक्षण गरि सदुपयोग गरियो भने आय आर्जनमा वृद्धि गर्न सकिने बताउनु भयो । चौधरीले तालिम लिइसकेपछी त्यसलाई सदुपयोग गर्नुपर्ने बताउनु भयो । उहाले भन्नूभयो , ‘ तालिममा सिकेका राम्रो कुराहरुलाई ब्यवहारमा ल्याइ बनको संरक्षण तथा सदुपयोग गर्न सकियो भने मात्रै पनि त्यस्को आम्दानीले आफ्नो वडामा स्कुल ,बाटो ,स्वास्थचौकी ,एम्बुलेन्स लगायतका अन्य भौतिक पुर्वाधारहरुको सेवा लिन सकिन्छ ।’ त्यस्तै वडाध्यक्ष चौधरीले नगरपालिकाले कुनैपनि कार्यक्रम गर्दा बजार केन्द्रित रहेर गरेको आरोप लगाउनु भयो ।

कार्यक्रममा पत्रकार प्रकाश मिश्रले बन संरक्षण गर्न सबैले ध्यान दिनुपर्ने बताउनु भयो । बन संरक्षण गरे बिपत ब्ययवस्थापन पनि हुने हुँदा यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

घोडाघोडी नगरपालिका वडा नं १२ का वडा सदस्य चन्द्रा चौधरीको सभापतीत्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा समाजसेबी वीर बहादुर बम , हरि शंकर चौधरी, सुखराम चौधरी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका बिच वन संरक्षणमा लामो समय देखि सक्रिय रहेको भन्दै सुखराम चौधरी, हरि शंकर चौधरीलाई सम्मान समेत गरिएको थियो ।

वन उपभोक्ता समितिका पदाधिकारीहरुको क्षमता विकास तथा चेतना विकास गर्ने उद्देश्यले सुरु गरिएको तालिमको सहजकर्ता शिक्षा तथा प्राकृतिक संरक्षण बिकास मन्च रहेको छ । बसन्ता बन समितिका सदस्य लाहतराम चौधरीको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन गगन कठायतले गर्नु भएको थियो । तालिममा करिब ८० जना उपभोक्ता समितिका पदाधिकारीहरुको सहभागी रहेको छ ।