भारतले लचकता देखाउन तयार : प्रचण्ड - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

भारतले लचकता देखाउन तयार : प्रचण्ड



हिमाल पोष्ट / १९ मंसिर, काठमाडौ । आफ्ना माग सम्बोधन नभएको भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावप्रति असहमति जनाइरहेका बेला भारतीय राजदूत रन्जित रेले उनीहरु लचकता देखाउन तयार भएको भन्दै प्रधानमनत्री प्रचण्डलाई आश्वस्त गरेका छन् ।

शनिबार बिहान ब्रेकफास्टमा मोर्चाका पाँच शीर्ष नेतालाई बोलाएर उनीहरुको भावी रणनीतिबारे छलफल गरेका राजदूत रेले अपराह्न प्रधानमन्त्री प्रचण्डलाई भेटी मधेसीमोर्चाले लचकता देखाएको भन्दै तत्काल उनीहरुसँग वार्ता गर्न आग्रह गरेको समाचार आजको अन्नपूर्णमा छ ।

रकै सुझाव अनुसार प्रचण्डले शनिबार साँझ मधेसी नेतासँग बैठक गरेपछि मोर्चाको सुरक्षित अवतरणका लागि दुवैतर्फबाट संशोधनमा सामान्य परिमार्जन गर्न सहमति भएको स्रोतले उल्लेख गरेको छ ।