स्थानीय विपद तथा जलवायु उत्थनशिल योजना सम्बन्धी ४ दिने तालिम सम्पन्न - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

स्थानीय विपद तथा जलवायु उत्थनशिल योजना सम्बन्धी ४ दिने तालिम सम्पन्न



लोकेन्द्र रावल / टीकापुर ।

स्थानीय विपद तथा जलवायु उत्थनशिल योजना सम्बन्धी ४ दिने तालिम सोमबार सम्पन्न भएको छ । टीकापुर नगरपालिकाका उप प्रमुख केशरी बिष्ट रावलको सभापतित्वमा भएको तालिमको समापन कार्यक्रमको संचालन टीकापुर नगरपालिका विपद् व्यवस्थापन शाखाका सम्पर्क व्यक्ति देवी प्रसाद आचार्यले गर्नुभएको थियो ।

माघ चार गते देखि शुरु भएको ४ दिने तालिममा टीकापुर नगरपालिका ९ वटै वडाका वडाध्यक्ष र स्वयम्सेवक गरि २५ जनाको सहभागीता रहेको थियो ।

तालिमको समापन कार्यक्रममा वातावरण समन्वय समिति कैलालीका अध्यक्ष एवम तालिमका मुख्य प्रशिक्षक लोकराज जोशी,नेपाल रेडक्रस सोसाईटी उपशाखा टीकापुरका सभापति जगदिश्वर पण्डित, तालिममा सहभागीका तर्फबाट लीना चौधरी लगायतले तालिमको उपलब्धिका विषयमा धारणा राख्नु भएको थियो ।

हरियो वन कार्यालयको आर्थिक सहयोग र विश्व वन्यजन्तु कोषको प्राविधिक सहयोगमा टीकापुर नगरपालिका र वातावरण समन्वय समिति कैलालीको आयोजनामा उक्त तालिम भएको थियो ।