मृत्युपछि अंगदान गर्न पाइने - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मृत्युपछि अंगदान गर्न पाइने



हिमाल पोष्ट /१८ मंसिर, काठमाडौं । दाता अभावमा मृगौला प्रत्यारोपण गर्न नसकिरहेका विरामीले अब नयाँ जीवन पाउने भएका छन् ।

सरकारले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मृगौलालगायत महत्वपूर्ण अंग झिकेर बिरामीमा प्रतयारोपण गर्न कानुनी बाटो खुला गरिदिएका आजको अन्नपूर्णमा समाचार छ ।

स्वास्थ्य मन्त्रालय र भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले तयार पारेको ‘अंग प्रत्यारोपण निमित तथा निषेध नियमावली २०७३ ’ मन्त्रिपरिषद बैठकले बिहीबार पारित गरेपछि सडक दुर्घटना वा अन्य कुनै कारणले आकस्मिक रुपमा मस्तिष्क मात्रै मृत्यु भएका व्यक्तिको मृगौला, फोक्सो, मुटु, प्याङक्र्याज, सानो आन्दा, आँखालगायत महत्वपाूण अंग झिकेर २४ घन्टाभित्र अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने बाटो खुलेको हो ।