कमलहरीको विकासका लागि सदनमा कुरा उठाउने सांसद कृष्ण चौधरीको भनाई - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

कमलहरीको विकासका लागि सदनमा कुरा उठाउने सांसद कृष्ण चौधरीको भनाई



लोकेन्द्र रावल / टीकापुर ।
टीकापुरमा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । कमलहरी विकास मञ्च कैलालीको आयोजनामा भएको माघी मिलन कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका सांसद कृष्णबहादुर चौधरीले कमलहरी र मुक्त कमैयाको व्यवस्थापनका विषयमा प्रदेश सरकारसंग कुरा गरीरहको बताउनु भएको छ । उहाले कमलहरीको विकासका लागि सदनमा कुरा उठाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा टीकापुर नगरपालिकाकी उपप्रमुख केशरी विष्टले कमलहरीहरुलाई माग अनुसारको सहयोग गर्ने बताउनु भयो ।

मुक्त कमलहरी विकास मञ्चका केन्द्रिय सचिव सूजाता चौधरीले कमलहरीहरुले अहीलेसम्म पनि परिचय पत्र नपाएकाले समस्या भएको बताउदै परिचय पत्रको व्यवस्थामा सहयोग गरीदिन आग्रह गर्नु भयो ।

कैलाली जिल्ला अध्यक्ष दिपा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्य, वडा नम्बर ६ का वडाध्यक्ष वलीराम चौधरी, नेपाल यूथ फाउण्डेसनका फक्ला थारु, ईलाका प्रहरी कार्यालय टीकावुरका प्रमुख शिवबहादुर सिंह, वडा सदस्य जिना थारु, पत्रकार ईश्वर साउद, वडघर विश्राम चोधरी, समाजसेवि वन्धुराम चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा लम्की चुहाकी रिता चौधरी, जानकी गाउपालिकाकी वसन्ती चौधरी, गौरीगंगा नगरपालिकाकी हीरा चौधरीलाई दोसल्ला ओडाई सम्मान गरीएको थियो । जिल्ला सचिव सोनम चौधरीले स्वागत गर्नु भएको कार्यक्रम सञ्चालन संस्थापक अध्यक्ष हीरा चौधरीले सञ्चालन गर्नु भएको थियो ।