चर्चित थारु गित सनसनीको जोडी फेरि देखिए 'ओए झुमा' मा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

चर्चित थारु गित सनसनीको जोडी फेरि देखिए ‘ओए झुमा’ मा (भिडियो सहित)



विशाल पाण्डेय / कैलाली ।
थारु गीत संगीतको क्षेत्र बाट एकाएक चर्चामा आएका गायक तथा मोडेल नरेश जोगी अहिले बिस्तारै नेपाली गीत संगीत तिर प्रवेश गरिरहेका छन् ।

पछिल्लो समय विभिन्न गित तथा म्युजिक भिडियोहरु सार्वजनिक गरि चर्चा कमाएका नरेशले पुनः लोकपप देउडा गित ‘ओई झुमा’ को म्युजिक भिडियो बिहिवार सार्वजनिक गरेका छन् ।

गायक नरेश जोगिको शब्द , संगित र र्‍याप समेत रहेको उक्त गितमा नरेश लाई नव गायिका भगवती शाहीले स्वरमा साथ दिएकी छिन् ।

निर्देशक दिपक भण्डारीले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा चर्चित थारु गित ‘सनसनी’ मा धेरै नै चर्चा कमाएका चर्चित जोडी नरेश जोगि र आरुषि मगरको अभिनय रहेको छ ।

राजेश कुमारले सम्पादक गरेको उक्त म्युजिक भिडियोको एरेन्ज विशाल निरौलाले गरेका हुन भने छायांकन डिबि रउलेको रहेको छ ।

सुदूरपश्चिममा बोलिने भाषाहरु प्रयोग गरि बनाइएको उक्त गितको म्युजिक भिडियोलाई नरेश जोगि युट्युव चानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=pD56jyFQ7Pg&feature=share